मधेस प्रदेशमा अब २२ जिल्ला समेटिनुपर्छ : राजेन्द्र महतो
Nepali
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्लालाई समेटेर एक मधेस प्रदेश बनाउन संघर्ष गर्ने बताएका छन् । नेता महतोले अहिलेसम्म भएका आन्दोलनहरु ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेस प्रदेशका लागि नभएको बताए । शनिबार जटहीमा आयोजित लोसपा नगराइन नगर अधिवेशनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको समेत जिकिर गरे ।
वरिष्ठ नेता महतोले पहिचान र अधिकारका लागि अहिले पनि संघर्ष जारी रहेको बताए । उनले भने, ‘हामीले स्वायत्त प्रदेशका लागि लडाई गरेका थियौँ, तर अधिकारविहिन प्रदेश पाएका छौँ, पूर्ण अधिकार प्राप्तिका लागि अझै पनि संघर्षको आवश्यकता रहेकाले संघर्ष जारी नै छ ।’